• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटना (फाेटाेफिचर)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

दुर्घटनामा परेका यात्रुहरूको शव भने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनले जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर