विदेशमा काम गर्न जान प्रोत्साहन, बिना धितो ऋण दिइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई प्रोत्साहन गर्नेगरी मौद्रिक नीति ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल सरकारको २०८१र८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार उक्त व्यवस्था गरिने बताए ।

यस्तै राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको दायरा पनि बढाएको छ । यसअघि विदेश जाँदा ३५ हजार अमेरिकी डलरसम्म सटही गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ५० हजार डलर कायम गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर