अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कहाँ के असर पर्छ ?
काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ।
आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत बिहीबार डलरको भाउ १३४ रूपैयाँ २६ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १ पैसा बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ११ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रूपैयाँ १६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ७० पैसा र बिक्रीमा २८ रूपैयाँ ८३ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ९४ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ९१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ।
प्रतिकृया दिनुहोस