तारकेश्वरलाई नमूना बनाउन चिनियाँ साहायता हस्तान्तरण
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावास र चाइना फाउण्डेशन फर रुरल डेभलप्मेन्टले दिगो विकास नमूना गाँउका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा साहायता हस्तान्तरण गरेको छ ।
नगर प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्य तथा नेपालका लागि चीनका राजदूत चेन सङको विशेष आतिथ्यमा तारकेश्वरमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ६९औं वर्ष पूरा भएको दिनमा आयोजित कार्यक्रममा दिगो विकासका लागि खानेपानी, शिक्षा, बालबालिकाको पोषण र कृषि प्रवर्दनका लागि विभिन्न सामाग्री स्थानीय समूदायलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वेमौसमी तरकारी खेतीको तालिम लिएका ७० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो भने स्माइलिङ चिल्ड्रेन कार्यक्रमका लागि विद्यालयको भान्साका सामाग्री वितरण गरियो ।
दिगो विकास लक्ष पूरा गराउन नेपालको ग्रामिण विकासमा नमूना प्रस्तुत गर्न तारकेश्वर नगरलाई नमूनाको रुपमा छनोट गरी एकीकृत विकासका कार्यक्रम अघि बढाएको आयोजकले जानकारी दिए ।
चिनियाँ दूतावास र चाइना फाउण्डेशनले सो क्षेत्रको विकासका लागि १० करोड भन्दा बढी लगानी गरेको जनाएका छन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै चिनियाँ राजदूत सङले नेपालकाे विकासका लागि चाइना फाउण्डेशनले गरेकाे सहयाेगकाे प्रशंसा गर्दै कृषि क्षेत्रकाे विकासमा यसले महत्वपूर्ण याेगदान गरेकाे बताए ।
प्रतिकृया दिनुहोस