सुवास नेम्वाङको निधनपछि रिक्त उपाध्यक्षमा बराल मनोनीत
- थपिएका १७ जना केन्द्रीय सदस्य को को हुन् ?
काठमाडौं । काठमाडौं । सत्तारुढ नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत भएका छन् ।
आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए ।
त्यस्तै बैठकले स्थायी कमिटी सदस्यमा पनि दुई जना मनोनीत गरेको छ । जसमा मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठ रहेको महासचिव पोखरेलले बताए ।
त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ । बैठकले प्रमुख सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको हो।
महासचिव पोखरेलका अनुसार पार्टी प्रवेश गरेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित रहेका छन् ।
त्यस्तै चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहेका छन् ।
प्रतिकृया दिनुहोस