• २०८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024

भाषण हैन, काम गरेर देखाउँछु– मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका ८ को प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै उनले भाषण गर्नेभन्दा पनि काम गर्नेमा आफ्नो प्राथमिकता रहेको बताए ।

महानगरपालिका प्रमुख शाहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए ।

‘चाँडो र तीव्रगतिमा यहाँका सडकहरू बन्दै जानेछन्, बन्दै पनि छन् । ढुंगा छापिएका बाटो भर्खरै छतबाट हेर्दै पनि थियौं, विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसाबले जसरी वडा भवनको मुहार देखिएको छ, आगामी दिनहरूमा हाम्रो वडा अध्यक्ष, जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्यले सम्पदामैत्री बाटो र घरहरूको मुहार यस्तै देखियोस् भन्ने चाहना छ,' शाहले भने, 'त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ । अगाडिदेखि घरका फसादहरू सम्पदामैत्रीऽ मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ । पर्यटकहरूलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु ।'

जनप्रतिनिधिले काममा समय दिनुपर्ने शाहको भनाइ थियो । 'म धेरै बोल्न चाहन्नँ । अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले, खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो, उहाँहरुलाई ग्राहो छ । लामो लिस्ट हुँदोरहेछ,' उनले भने, 'जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ । त्यो भन्दा पनि काममा समय दियौं । यति ठूलो कार्यक्रम गर्नुपर्ने थिएन तर २२ वर्षको मेहनतले गरेको भए ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ले ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको भएको बताइन् । उनले बस्ती र बस्तीहरूलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर