भोलि कोशीमा सार्वजनिक बिदा

काठमाडौं । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट  विराटनगरमा आयोजना हुने रथ यात्रालाई लक्षित गरी कोसी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

भारतको जगन्नाथ पुरी पछि विराटनगरमा आयोजना हुने एसियाकै दोस्रो ठुलो दाबी गरिएको रथ यात्रालाई लक्षित गरी कोसी प्रदेशभर सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो । 

विराटनगरमा हरेक वर्ष हर्ष उल्लासका साथ आयोजना हुने राधाकृष्णको युगल जोडी सवार रथयात्रामा नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतका विभिन्न जिल्लाबाट हजारौँ भक्तजनहरू सहभागी हुने गरेका छन् । यसैबिच रथयात्रा आयोजक समितिले मंगलबार विराटनगरमा निकालिने रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

 विराटनगर महानगरपालिका–१ तीनपैनी स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो साँढे ३ बजे निस्कने आयोजक समितिले जनाएको छ । रथले मेन रोड, ट्राफिक चोक, रोडशेस चोक, महेन्द्र चोक, वरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर यात्रा सामापन हुने छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर