त्रिदिप गुरुङको नेतृत्वमा अखिल क्रान्तिकारी गण्डकी प्रदेश समिति निर्वाचित

पोखरा । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको गण्डकी प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ । 

हिजो सम्पन्न चुनावको मत परिणाम अनुसार त्रिदिप गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । गुरुङले १३५ मत ल्याएर विजयी हुँदा उनको प्रतिद्धन्दी रामकृष्ण भट्टले ७१ मत ल्याएकाे महासचिव दीपेश पुनले जानकारी दिए । 

उपाध्यक्षमा १५७ मत ल्याएर बसन्त भट्टचन निर्वाचित भएका छन् । प्रमुख सचिवमा सुजन बास्तोला १३२ मतसहित विजयी भए । सचिवमा प्रदिप ढकालले १८३ मत, विषद उपाध्यायले १४० र सन्दीप महतोले पनि समान १४० मत ल्याएर विजयी भए ।

अध्यक्ष 
१ त्रिदिप गुरूङ  - १३७ :विजयी
२ आरके भट्ट     - ७१
उपाध्यक्ष 
१ वसन्त भट्टचन - १५७ :विजयी
२ सरोज वल्लभ भट्टराई - १६४ :विजयी
३ अशोक मरहट्टा - १४० :विजयी
४ पवन ढकाल - ७२
५ नविन पाठक - ५९
१ कुल बहादुर बुढा ( प्रेम) - समावेसी :विजयी
२ सिता बराल - महिला :विजयी
प्रमुख सचिव 
१ सुजन बास्तोला - १३२ :विजयी
२ सन्जय जैसी - ७२
सचिव 
१ प्रदिप ढकाल - १८३ :विजयी
२ विसद उपाध्याय - १४० :विजयी
३ सन्दिप महतो - १४० :विजयी
४ किरण खड्का - ७२
५ प्रकाश ढुङगाना - ६१
१ जुना तामाङ  - महिला  :निर्विरोध
२ दुर्गा वि.क. - समावेसी :निर्विरोध
कोषाध्यक्ष 
१ अनिल सुनार :निर्विरोध
***-***
* सदस्यहरु सवै निर्विरोध निर्वाचित भएको
* १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति 
* २६९ प्रतिनिधि (मतदाता) भएकोमा २०७ मत खसेको थियो ।
* गण्डकी प्रदेशका मनाङ वाहेक जिल्लामा सम्मेलन सम्पन्न भएका छन् ।
* गोर्खामा समिति सर्बसम्मत भएको तर पदाधिकारी चयन हुन नसकेको  क्रान्तिकारीले जनाएकाे छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर