एमाले काठमाडौं जिल्ला सदस्य बलात्कार आराेपमा पक्राउ

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला समिति सदस्य पूर्णमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार आरोपमा पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए ।

नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौँको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ ।

पक्राउ परेपछि नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर