• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्दै चीन

चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती ९आइपी० सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ।

चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन ९सीएनआईपीए० का अनुसार यस सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बीआरआई० साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने भएको छ।

कार्यक्रममा चीनस्थित दूतावासका प्रतिनिधिहरू, सम्बन्धित विभागका अधिकारी र उद्योग व्यवसायीहरूको पनि सहभागिता रहनेछ। यसमा करिब ४५० जना सहभागीहरूको अपेक्षित उपस्थिति रहेको सीएनआईपीएले उल्लेख गरेको छ।

‘सहभागीहरूले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन्,’ सीएनआईपीएका वरिष्ठ अधिकारी शेङ लीले पत्रकार सम्मेलनमा भने।

चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षालगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ।

यसले ५७ बीआरआई साझेदार देशहरूसँग आईपी सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ।

बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर