• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

तीजमा ब्रत बस्दा ध्यान दिनै पर्ने ७ कुरा

काठमाडौं । नेपाली समुदायमा तीजको अघिल्लो दिन दरका रूपमा मीठामीठा ‘क्यालोरीयुक्त खाना खाने र खुवाउने चलन छ । 

भोलिपल्ट अन्न नखाँदा स्वास्थ्यलाई खासै फरक नपरे पनि शरीरलाई ‘डिहाइड्रेसनु र ‘ग्यास्ट्रिकु बाट बचाउन शक्ति प्राप्ति र सञ्चयका लागि मौसमी फलफूल, दूधदहीलगायत झोल पदार्थ यथेष्ट मात्रमा पिउनुपर्ने चिकित्सकको सुझाव छ । 

तीज होस् वा अन्य कुनै समयमा व्रत बस्नु आफैंमा नराम्रो होइन तर पानी, फलफूल र दूधदही नखाई खाली पेट बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । कुनै समस्याबाट पीडित बिरामीले त व्रत नै बस्न नहुने सुझाव चिकित्सकबाट आउने गरेको छ । विशेषगरी नसर्ने रोग देखिएका वा सर्ने रोग पनि जटिल भएका बिरामी खाली पेट बस्नु उचित हुन्न ।

१. शरीरमा कुनै रोग या समस्या छ भने व्रत नै नबसौं ।

२. निरोगीले पनि निरहार व्रत बस्दा अनेकौं रोग उब्जन सक्छ ।

३. व्रतका बेला पोषणयुक्त फलफूल, दूधदही खाए पनि शक्तियुक्त खानाको कमीमा शरीर कमजोर बन्छ ।

४. शरीरले थेग्ने गरी मौसमलगायत कुरामा विचार गरी नाचगान र पूजापाठ गरौं ।

५. व्रतका बेला प्रशस्त मात्रामा पानी पिऔं । 

६. व्रत अघि धेरै चिल्लो र पिरो खाना नखाऔं ।

७. निद्रामा आएको गडबडीले पनि रोग उब्जाउन सक्छ । त्यसैले निद्रालाई पनि समय दिऔं । 

व्रतपछि यी कुरामा विशेष ख्याल गरौं

- एकैपटक धेरै नखाऔं ।

- खाली पेटमा चिल्लो र पिरो खाना खाँदा समस्या उत्पन्न हुन सक्छ ।

- पर्याप्त सुतौं र पानी पिऔं ।

- धेरै तातो वा धेरै चिसो नखाऔं । 

- फ्रिजमा राख्दा चिसो भएको खाना एकछिन बाहिर राखेपछि मात्र तताएर खाऔं । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर