• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

आजको राशिफलः अरूलाई प्रभावित पारेर काम बन्नेछ

मेष : महत्त्वपूर्ण अवसर जुर्नेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। आर्थिक क्षेत्रमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सङ्गीतमा रुचि बढ्नेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। लाभदायक यात्रा हुनेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस्। सहकर्मीबाट विरोध आउला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह : नयाँ काम सुरु गर्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रेम जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : यात्रामा मालसामान हराउन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेमीको सहयोग पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तर साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : रोकिएको काम पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ वस्त्र या उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ। निर्णायक क्षमतामा भने कमी आउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : व्यवसायमा सफल भमइनेछ। आर्थिक सहयोग पनि प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति होला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर