सुनको मूल्य आजसम्मकै उच्च, बन्याे नयाँ रेकर्ड  

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ थियो। 

सुनको आज कायम मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ। 

चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौ सय थियो। चाँदी आज तोलाको १५ रुपैयाँ बढेको हो।

शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर