• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

क्यानडाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले सोमबारदेखि आफ्नो दोस्रो सिरिज तथा पहिलो अवे सिरिज शुरू गरेकाे छ।

आज क्यानडासँग खेलेर नेपालले पहिलो अवे सिरिजको सुरूवात गरेकाे हो। ओन्टेरियाको किंग सिटीमा नेपालले क्याडनाविरुद्ध टस जितेको छ। टस जितेर नेपालले फिल्डिङ रोजेको छ। ताजा स्थितिमा क्यानडाले ४.२ अाेभर खेल्दा ८ रन जाेडेकाे छ । नेपालका लागि साेमपाल कामी र करण केसीले सुरूवाती बलिङ गरिरहेका छन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी छन्।

यो सिरिजमा नेपाल र क्यानडासँगै ओमान पनि सहभागी छ। ओमान र नेपालले यसअघि एउटा सिरिज मात्र खेलेका छन्। जसमा नेपाल र ओमानले दुवै टोलीले चारमध्ये एक खेलमा मात्र जित निकाल्न सकेका छन्। 

क्यानडाले भने सुरूवाती दुई सिरिज खेलिसकेको छ। जसमा क्यानडाले नेदरल्यान्ड्स र अमेरिकासँगको पछिल्लो सिरिजका एक खेलमा मात्र जित निकालेको थियो। तर पहिलो सिरिजमा भने उसले एक खेलमा मात्र जित निकालेको थियो। 

यता नेपालले क्यानडाविरूद्ध खेलेको पछिल्ला तीन एकदिवसीय खेलमा जित निकालेको छ। 

सिरिजमा अवे सिरिजबाट अंक बटुल्न महत्वपूर्ण भएकाले क्यानडामा हुने सिरिज नेपालका अवसर हुनेछ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर