एक महिनामै बैंकहरुले कमाए ९ अर्ब नाफा: ग्लोबल र नबिलको कडा टक्कर

काठमाडौं । बाणिज्य बैंकहरुले एकै महिना सर्वा ९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउन महिनामा २० वटा बाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।

नाफामा ग्लोबल आइएमई र नबिल बैंकको टक्कर देखिएको छ । यी दुवै बैंकले एकै महिनामा ८० करोड बढी नाफा कमाएका छन् । साउनमा सर्वाधिक नाफा ग्लोबल आइएमई बैंकले नै कमाएको छ । ग्लोबल आइएमईले साउनमा ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यता, नबिल बैंकले पनि ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सो महिनामा सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा भने कृषि विकास बैंक देखिएको छ । बैंकले एकै महिना ७१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफाकै आधारमा चौंथो स्थानमा रहेको हिमालयन बैंकले पनि ५८ करोड ८० लाख रुपैयाँ कमाएको छ । छैठौं सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ कमाएको छ ।

यस्तै, साउन महिनामा प्रभु बैंकले पनि ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख, कुमारीले ५० करोड ३५ लाख, लक्ष्मी सनराइजले ४३ करोड ३२ लाख, एनएमबिले ४२ करोड ७२ लाख र एभरेष्ट बैंकले पनि ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सो महिनामा सानिमा बैंकले ३८क रोड २६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख, सिद्धार्थले ३४ करोड ८८ लाख, सिटिजन्सले ३४ करोड २२ लाख, नेपाल एसबिआईले ३३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३१ करोड १५ लाख, एनआइसी एशियाले २६ करोड ६३ लाख, नेपाल बैंकले २२ करोड ३९ लाख र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर