• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

सामाजिक उत्तरदायित्व बढाउदै एनसेल: एनसेल फाउन्डेसन स्थापना

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल स्थापनाको १९ वर्ष पूरा भएको छ । एनसेलले स्थापनाको १९ वर्ष पूरा गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा एनसेल फाउन्डेसन घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेल फाउन्डेसन घोषणा गर्दै दिगो विकास लक्ष्यमा सहयोग गर्नु फाउन्डेसनको उद्देश्य भएको बताए ।

एनसेलले २०औं वर्ष प्रवेशका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई थप व्यवस्थित र फलदायी बनाउने संकल्प लिएको छ । एनसेलले बितेका १९ वर्षमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभान्वित हुने गरी स्वास्थ्य, शिक्षा, मानव सेवालगायतका सामाजिक क्षेत्रमा दुई अर्बभन्दा बढीको योगदान दिएको सीईओ कायुमोभले बताए ।

‘सामाजिक उत्तरदायित्वका हाम्रा सबै कामलाई एउटै छातामुनि ल्याउन फाउन्डेसन स्थापना गरेका हौं,’ उनले भने । सामाजिक उत्तरदायित्वका कार्यमा एनसेलले आगामी पाँच वर्षमा कम्तीमा २० करोड रुपैयाँ योगदान गर्ने उनले जानकारी दिए ।

एनसेलले २०७२ सालको महाभूकम्प, कोभिड १९ महामारी, जाजरकोट भूकम्प, बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिमा ठूलो सहयोग गर्दै आएको छ ।

यस्तै रिङरोड ग्रिन बेल्ट, टेलिमेडिसिन र व्यक्तिगत स्वास्थ्य कार्यक्रममा पनि एनसेलको योगदान छ । देशभरका विभिन्न ६० सामुदायिक विद्यालयमा एनसेलले उच्च प्रविधिका डिजिटल ल्याब स्थापना गरेको छ ।

कार्यक्रममा पेरिस पारालिम्पिक्समा नेपाललाई कास्य पदक जिताएकी पलेशा गोवर्धनसहित प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर