एनसेलले भन्यो इन्टरनेट कम्पनी खरिद गरेको भन्ने खबर निराधार

दूरसञ्चार सेवा  प्रदायक कम्पनी एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको भन्ने खबर निराधार भएको बताएको छ । साथै उसले यस्तो दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको पनि बताएको छ ।

कम्पनीले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ यस सम्बन्धमा गहन छलफल र मूल्यांकनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत  प्रतिबद्ध रहेको बताएको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु नै लक्ष्य रहेको उसको भनाइ छ । 

कम्पनीले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको तथा आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको बताएको छ।

एक जिम्मेवार सेवा प्रदायकको रूपमा कम्पनीले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिंदै आएको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर