• २०८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024

अखिल क्रान्तिकारीको परिपत्रः ९ असोजमा अन्तिम सूची, अध्यक्षको उम्मेदवार बन्न १५ हजार 

काठमाडौं । माओवादी केन्द्रको विद्यर्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनको कार्यतालिका सार्वजनिक गरेको छ । उपाध्यक्ष केशव रावलका अनुसार क्रान्तिकारीको कार्यालय बैठकले काठमाडौंमा असोज १० देखि १४ सम्म हुने सम्मेलनको तालिका सार्वजनिक गरेको हो । 

निर्धारित तालिका अनुसार सम्मेलनको उदघाटन असोज १० गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको सभाहल किर्तिपुरमा गर्नेछन् । 

११ असोज देखि १४ असोजसम्म सोही हलमा बन्दसत्र चल्नेछ । सम्मेलनमा सहभागि हुने देशभरका प्रतिनिधिहरुको सूची असोज ९ गते सार्वजनिक गर्ने क्रान्तिकारीको तयारी छ । त्यसका लागि ८ गतेभित्र सूची केन्द्रमा पठाउन क्रान्तिकारीले परिपत्र गरेको छ । 

क्रान्तिकारीले असोड गतेसम्ममा बाँकी रहेका सवै तहको निर्वाचन सम्पन्न गर्न निर्देशन गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर