• २०८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024

जबज मान्नेहरु नै लामो समय देशको नेतृत्वमा पुगे पनि राम्राे काम भएन–भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन सक्नु पर्ने बताएकी छन् ।

आज (शनिबार) मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् ।

उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताइन् । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह समेत गरिन् । 

उनले भनिन्, ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अथिति भनेर बोलाउनु पर्ने भएको छ । नेकपा एमालले अर्को राष्ट्रपति नबनाएसम्म म आफै सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नु भएको छ । पार्टीका कार्यक्रममा पार्टीका नेताहरु जानुहुन्छ । सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।’

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् । उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भने जस्तो काम नभएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर