सुनको भाउ बढ्ने क्रम तोलामा १ हजार ७०० रुपैयाँले बढ्याे

काठमाडाैँ ।   नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि गत भदौ ३१ गते सुन प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकोमा आइतबार त्यो रेकर्डलाई तोड्दै अर्को नयाँ रेकर्ड कायम गरेको हो। सुनको भाउ बढ्ने क्रम अहिले पनि निरन्तर चलिरहेको छ

यता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएका थियो।

 

Recent Visitors:2

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर