हुम्लामा लगातार वर्षासँगै भूकम्पको धक्का

सुर्खेत । लगातारकाे वर्षाले अस्तव्यस्त बनाएका बेला हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसको तीव्रता ३.९ म्याग्निच्युड थियो । यसअघि असोज ६ गते बैतडी भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सानाे स्केलकाे भूकम्प गएकाले त्यसबाट क्षती भएकाे विवरण सार्वजनिक भएकाे छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर