• २०८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024

देशभरका सय भन्दा बढी जलमापन केन्द्रमा सतह पार,कुलेखानी ड्याम खोलियो

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा न-२ स्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधको ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएको थियो । आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

हाल प्रती मिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकता अनुसार पानी खोलिदै जाने प्रमुख भट्टले जानकारी दिनुभयो ।

कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर