उमेरहद्को पक्ष र विपक्षमा अखिल क्रान्तिकारी विभाजितः आज मतदान
काठमाडौं । २३औं राष्ट्रिय सम्मेलनको निचोड तर्फ पुगेको माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आजदेखि निर्वाचन हुने भएको छ ।
नयाँ नेतृत्व चयनका विषयमा अन्योलमा रहेको पार्टी र विद्यार्थी संगठन अन्ततः उमेरहद कायम गर्ने बिन्दुमा पुगेको छ । तर यसलाई बैधानिकता दिन चुनावको विधिबाट उमेरहद लगाउने कि नलगाउने भन्ने तय गर्न लागेको क्रान्तिकारीमा आज मतदान हुने उपाध्यक्ष केशव रावलले जानकारी दिए ।
मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू हुने विघटित कमिटीका उपाध्यक्ष एवम् प्रवक्ता जिपी मैनालीले जानकारी दिए। उमेर हदबारेको विवाद मंगलबार मतदानबाट टुंगो लगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने उनले बताए।
गत १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा अधिकांश प्रतिनिधिहरूले विद्यार्थी संगठनमा उमेर हद लागू गर्नुपर्ने माग गरेका थिए। साेही विषायमा पार्टीले समेत यसकाे छिनाेफानाे गर्न चुनावकाे बाटाे खाेलिदिएकाे थियाे ।
यसै विषयमा सोमबार निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले सम्मेलनस्थलमै हुलदंगा गरेपछि सोमबार निर्वाचन प्रक्रिया अघि बढेन।
निर्वाचन प्रक्रिया लम्बिएसँगै सम्मेलनको अवधि पनि लम्बिने भएको छ। यसअघि मंगलबार सम्मेलन सक्ने तयारी क्रान्तिकारीको थियो।
अखिल (क्रान्तिकारी) मा २८, ३० वा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद छ। उमेरहद् लगाउने वा नलगाउने भन्ने विषयकाे टुंगाे लागेपछि २८,३० वा ३२ कति लगाउने भन्ने विषयमा पुन मतदान हुने र तेस्राे चरणकाे चुनावले नयाँ नेतृत्व चयन गर्ने मैनालीले बताए ।
क्रन्तिकारीमा जुनसुकै उमेरहद कायम भएपनि हालका पदाधिकारीहरू सबै बिदा हुनेछन् भने नेतृत्वमा नयाँ र युवा पिंढी उदाउने छ । उमेरहद लगाउने विषय मतदानबाट पारित हुन नसकेका भने अहिले चर्चामा रहेका मुख्यत ६ उम्मेदवारकाबीचमा प्रतिस्पर्धा हुने देखिएकाे छ ।
प्रतिकृया दिनुहोस