ओली–प्रचण्ड फरकः ओली पुगे डुवानग्रस्त आफ्नै कार्यालय, प्रचण्ड पुगे बल्खुका सर्वसाधारणको माझ
काठमाडौं । प्रधानमन्त्री केपी ओली बाढी र डुवानग्रस्त आफ्नै पार्टी कार्यालय च्यासल ललितपुर पुगेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वाधिक क्षेती भएको क्षेत्र बल्खु पुगेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको उनको सचिवालयले जनाएको छ ।
‘ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले० को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ ।
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गर्नुभएको हो । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत स् डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराउनुभएको थियो,’ उनको सचिवालयले भनेको छ ।
उता अध्यक्ष प्रचण्ड आज बल्खु भक्तपुरको मनोहरा क्षेत्रमा पुग्ने उनको सचिवालयले बतायो । बल्खु पुगेर अध्यक्ष प्रचण्डले पीडित जनतालाई सम्बोधन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
प्रचण्डको सचिवालयले भनेको छ, ‘नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गर्नुभएको छ ।उहाँले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाउनु भएको छ ।’
सो क्रममा अध्यक्ष प्रचण्डले प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गरे ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनको टिप्पणी थियो ।
२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुस्खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस