• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

अखिल क्रान्तिकारीमा भद्रगोलः सम्मेलन सकिने बेलासम्म टुंगो लागेन नाम र संख्या, घर फर्कन थाले प्रतिनिधि

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पार्टीका नेताहरुको अकर्मण्यता, स्वार्थ समूहको वक्रदृष्टि तथा क्रान्तिकारीकै नेताहरुको अराजकताको शिकार भएको छ ।

निर्धारित मितिमा राष्ट्रिय सम्मेलन सकेर सिंगो विद्यार्थी आन्दोलनलाई सकारात्मक ऊर्जा दिनुपर्ने क्रान्तिकारी अन्तिम दिनसम्म पनि सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नाम र संख्याको टुंगो लगाउन नसकेर भौंतारिनु परेको छ । नयाँ नीति र नेतृत्व चयन गर्ने कुरा टुंगो लगाउने त छाँटै छैन । 

यस्तो यथार्थताले यसका वर्तमान तथा पूर्व नेताहरु, यो विभागको नेतृत्व गर्ने हरुको तयारी कस्तो रहेछ ? पार्टीले यो संगठनलाई कति महत्व दिएको रहेछ भन्ने प्रष्ट हुन्छ । 

आज सकिनुपर्ने सम्मेलन अन्योलताको भूमरिमा फस्दा एकातिर देशभरबाट आएका प्रतिनिधिहरु चाडबाडको चटारो र प्राकृतिक विपदाको त्रासमा घर फर्कन थालेका छन् ।

अर्कारित प्रतिनिधिहरुको टुंगो कहिले लाग्छ ? उमेर हद कायम हुन्छ कि हुँदैन, भयो भने २८, ३० वा ३२ कति हुन्छ ? भएन भने चुनाव हुन्छ कि हुँदैन ? कस्तो चुनाव हुन्छ भन्ने कुराको कुनै ज्ञारेण्टी आज मंगलबार साँझ ९ बजेसम्म लागेको छैन । 

जवकी उद्घाटन सकिने वित्तिकै त्यसपछिका सबै कार्यक्रमहरू ताेकिएका प्रतिनिधिका बीचमा मात्रै गर्नुपर्ने हाे ।

सैद्दान्तिक छफलफल र मतदानकाे विषय प्रतिनिधिकाे टुंगाे लागेपछि मात्रै अघि बढ्ने विषय हुन् । तर अचम्म यसपाली क्रान्तिकारीले सम्मेलन सकिने अन्तिम दिनसम्म प्रतिनिधिकाे नाम टुंगाे लगाएकाे छैन । भनेपछि बन्द सत्रमा कस्ताे छलफल र बहस भयाे हाेल ?

पार्टीले उपमहासचिव शक्तिबहादुर बस्तेन र फ्रयाक्सन इन्चार्ज हिमाल शर्मासमेत अन्योलता हटाउन जिम्मा दिएको छ । सोही अनुसार क्रान्तिकारीका पदाधिकारीसहितका नेताहरु आज साँझ बागबजारस्थित होटल हार्दिकमा छलफलमा जुटेका छन् । 

क्रान्तिकारी भित्र चुनावी माध्यमबाट नेतृत्व चयन गर्ने लगभग पक्का थियो । तर पार्टीले नै निर्णय गरेर उमेरहद लगाउने नयाँ निर्णय लियो । 

जवकि उमेरहद विनानै स्थानीय तह र संघमा कमिटि र नेतृत्व नै चयन भइसकेका थिए । एउटै सम्मेलनमा केन्द्रमा छुट्टै विधान प्रदेश तथा स्थानीय कमिछिमा छुट्टै विधानका प्रावधान लागू गराउनु बैधानिक हुन्छ त ? भन्ने कानूनि प्रश्न छँदैछ, व्यवहारिक हिसावले पनि केन्द्रमा उमेरहद लागु भएमा बढीमा ३२ वर्ष मुनिका नेता, स्थानीय तह र प्रदेशमा ४० हाराहारी सम्मका नेता हुने अवस्था सृजना भएको छ । 

यस्तो भद्रगोल किन भयो  ? भन्ने समाचार दैनिकको जिज्ञासामा एक पदाधिकारी भन्छन्, ‘नेतृत्वको अदुरदर्शी निर्णय र कतिपय नेताहरुको स्वार्थको शिकार क्रान्तिकारी संगठनलाई बनाईयो । आफूले चाहेको व्यक्ति अध्यक्ष वा अन्य पदाधिकारी नहुने भएपछि उमेरहद वा यस्तै वाहाना गरेर सम्मेलन पछि धकेल्न खोजिएको छ । अहिले मञ्चमा आसिन नेतादेखि उमेरहद चाहाने र नचाहाने दुवैथरिका नेताहरु अहिले सम्मेलन पछि सार्ने ध्याउन्नमा लागेका छन् ।’

के ति पदाधिकारीले समाचार दैनिकसँग दावी गरेजस्तो अखिल क्रान्तिकारी अन्योलताको भूमरिमा फसेकै हो त ? के यसको समापन नयाँ नीति र नेतृत्व चयन नगरिकन हुन लागेको हो त ? यदि हो भने यो संगठनको हुर्मत लिनका लागि यो जत्तिको गलत निर्णय अरु हुनेछैन । 

माउ पार्टी प्रतिपक्षी रहेर शसक्त आन्दोलन उठाउनु पर्ने बेला सो दलको विद्यार्थी संगठन कति बलियो र सक्षम हुनुपर्छ भन्ने कुराको सामान्य आँकलन पनि गर्न सकिन्छ । यस तर्फ पार्टी नेताको ध्यान कम आफ्नो मान्छे अध्यक्ष भयो कि भएन भन्नेमा बढी छ । जुन विडम्बना हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर