• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

नयाँ नेतृत्व चयन नै नगरि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित !

काठमाडौं । चरम विवाद र लफडामा फसेको माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन अनिर्णयको बन्दी बनेको छ ।

प्रतिनिधि टुंगो लगाउनेदेखि उमेरहद लगाउने कि नलगाउने लगायतका विवादका कारण लफडामा फसेको क्रान्तिकारी निर्वाचन मण्डको सूचनाका कारण थप अन्योलमा फसेको छ । क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्न निर्वाचन समितिले अध्यक्षमण्डलाई पत्राचार गरेको छ ।

निर्वाचन प्रमुख अधिकृत मुक्तिनारायण प्रधानले बिहीबारदेखि दसैँ सुरु हुने  र अत्यधिक वर्षा हुन सक्ने मौसम विभागको सूचनाका कारण निर्वाचन स्थगित गर्न क्रान्तिकारीको वीरबहादुर थापा नेतृत्वको अध्यक्ष मण्डलाई सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्षमण्डले निर्वाचन समितिको पत्र पढेर सुनाएपछि आधिकारिक रूपमा सम्मेलन स्थगित गर्ने तयारी गरेको छ ।

असोज १०–१४ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा भएको सम्मेलन उमेरहद लगाउने कि नलगाउने विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो । बुधबार बिहानमात्रै पार्टीका शीर्ष नेता र संगठनका पदाधिकारबिच भएको छलफलले बुधबारको निर्वाचन प्रतिक्रिया स्थगित गर्ने सहमति गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर