कुमाख युवा परिषद्को कार्यकारी उपाध्यक्षमा खड्का 

सल्यान। सल्यान जिल्लाको  कुमाख गाउँपालिकाले  स्थानीय युवा परिषदको कार्यकारी उपाध्यक्षमा युवा अभियन्ता युवराज खड्कालाई नियुक्त गरेको छ।

स्थानीय युवा परिषद  ऐन -२०८१ को दफा ३ (१) बमोजिम कुमाख गाउँकार्यपालिकाको हालै वसेको सातौं बैठकले  खड्कालाई  स्थानीय युवा परिषद्को उपाध्यक्षमा नियुक्त  गरेको हो । 

युवा मामिलामा सक्रिय खड्का विगत केहि वर्षदेखि राष्ट्रिय युवा परिषद्को नमुना युवा संसद अभ्यास कार्यक्रमको केन्द्रीय प्रशिक्षकको रुपमा तिनै तहको नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

उपाध्यक्ष पदमा दावी पेश गर्ने क्रममा खड्काले गाउँकार्यपालिका समक्ष ४ वर्षे कार्यकालमा सम्पन्न गर्ने युवा सशक्तिकरणका रुपान्तरणकारी कार्ययोजना समेत पेश गरेका थिए ।

उपाध्यक्ष खड्काले कुमाख गाउँपालिकाका युवाहरुको नेतृत्व , क्षमता , सीप , उद्यमशिलता र खेलकुदको  विकास गर्दै  युवा मैत्री गाउँपालिका निर्माणमा टेवा पुग्ने गरी काम गर्ने वताए।

कुमाख गाउंपालिकामा स्थानीय युवा परिषद ऐन निर्माणदेखि परिषद गठनसम्म खड्काले चरणवद्ध आन्दोलनको नेतृत्व गरेका थिए। त्यसक्रममा युवाहरुले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर