काठमाडौँबाट दशैंमा लमजुङ जाँदै गरेको हाइलक्स नुवाकोटमा दुर्घटना, १ मृत्यु

हेटौँडा । काठमाडौँबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ यात्रु घाइते भएका छन्। 

नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्रु ५८ वर्षका उपेन्द्र खनालको मृत्यु भएको हो। 

दुर्घटनामा ५ जना घाइते भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए।

गाडी टोखा-छहरे सडकबाट करिब ५ सय मिटर तल खस्दा गम्भीर घाइते भएका खनालको काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा गाडीका चालकसहित अन्य ५ जना घाइते भएको डीएसपी कोइरालाले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा चालक काठमाडौँको तारकेश्वर-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, यात्रुहरू नागार्जुन-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर-९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएका हुन्। 

तीमध्ये रामशरणको अवस्था गम्भीर रहेको डीएसपी कोइरालाले बताए। अन्य ४ घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गाडीमा सवार सबै आफन्त रहेको बुझिएको छ। ‘सबैजना आफन्तहरू रहेको बुझिएको छ’, डीएसपी कोइरालाले नेपालखबरसँग भने।

घाइतेहरूको ग्रान्डी हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ।

उता मकवानपुरको बागमती गाउँपालिका वडा –८ स्थित साततलेमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । 

काठमाडौँबाट धरानतर्फ जाँदैगरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी (भ्यान) हेटौँडा–चतरा–धरान सडक खण्डको बागमती गाउँपालिका वडा –८ स्थित साततलेमा शनिबार अनियन्त्रित भइ सडक छेउको नालामा खसेर पल्टेर दुर्घटना हुँदा सो गाडीका चालकसहित तीन जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका –१ हिलेका वर्ष ५२ का देवी थापा, यात्रुहरु सोही स्थानकी वर्ष ३० की प्रमिला तामाङ र काठमाडौँ चाबहेलकी ४८ वर्षीया विना तामाङ लामा रहेका छन् । 

प्रहरीका अनुसार उक्त गाडीमा सवार चालकसहित १२ जनामध्ये तीन जना घाइते भएको र उनीहरूको हेटौँडा उपमहागनर पालिका ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर