• २०८१ असोज २० आइतबार
  • Sunday, 6 October, 2024

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन २३ र २४ मंसिरमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । शनिबार बसेको सो संगठनको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो । 

अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ - ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित  भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’ 

यसअघि सो संगठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो । 
सम्मेलनमा उद्घाटन र बन्दसत्र भएपनि नयाँ नेतृत्व चयनकाे काम टुंगिएकाे छैन । नयाँ नेतृत्व चयन गर्दा चुनावमा उमेरहद लगाउने कि नलगाउने भन्नेमा क्रान्तिकारीभित्र चर्काे विवाद छ । 
वर्तमान पदाधिकारीहरू उमेरहद नलाउने पक्षमा छन् भने पार्टी नेतृत्व र तल्लाे तहका नेता कार्यकर्ता भने उमेरहद लगाउने पक्षमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर