दोहोरो अंकले बढ्यो सेयर बजार, २६५३.५८ को विन्दुमा कायम

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेर आएको छ । उक्त दिन बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा बढेर आउँदा सबै उपसूचक हरियाली भएको छ ।

उक्त दिन बजारमा बढेर आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी, त्यसैगरी, इष्टर्न हाइड्रोपावर, गुडविल फाइनान्स, स्याङग्री पावर लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर