• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङ गर्दै

गाजामा लडेका इजरायली डिफेन्स फोर्सका भेट्रानहरु नेपालमा हाइकिङमा जाने क्रम बढ्दो रहेको छ । घाइते पूर्व इजरायली सिपाहीहरू नेपालको अन्नपूर्ण हिमालमा पदयात्रामा देखिएका हुन् । यस्तै ३० जनाको एउटा समुह नेपालको अन्नपूर्ण हिमाल १० दिनसम्मको पदयात्रा गर्ने योजनामा छ ।

३० जना इजरायली सेनाका भेट्रानहरुमध्ये अधिकांश गाजामा लडाइँमा भएकाहरु हुन् । उनीहरुले महिनौंको उपचारपछि अहिले विभिन्न शारीरिक अपाङ्गताका साथ बाँचिरहेका छन्। इजरायल हमास युद्धको पृष्ठभूमिमा हजारौं इजरायली डिफेन्स फोर्सका सैनिकहरू शारीरिक र मनोवैज्ञानिक रूपमा घाइते छन् । सन् २०२३ को जुलाई यतामात्र यो संख्या लगभग १० हजार छ । घाइतेमध्ये आधा ३० वर्ष मुनिका छन्। २०२४ को अन्त्यसम्ममा मृत्यु हुनेको संख्या १४ हजार पुग्न सक्छ।

यस वर्षको नेपाल पदयात्रा इरेज फाउन्डेसनले आयोजना गरेको आठौं वार्षिक पदयात्रा हो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो, जसमा ९७ जना सहभागी छन्। यस वर्षको समूह ठूलो भएकाले विभिन्न समूहहरूमा विभाजित गरिएको थियो ।

३४ जना सहभागीहरू केही दिन अघि नै पदयात्रा गरिसकेका छन् । जसमा छ जना नेपाली गाइडहरू, तीन डाक्टरहरू, एक थेरापिस्ट र साथीहरू वा नजिकका परिवारका सदस्यहरू थिए ।

उक्त टोलीले सेप्टेम्बर १८ मा यात्रा थालेको गरेको थियो ।  सेप्टेम्बर २६ को दिन उक्त पदयात्रा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त टोलीले समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा मनाङमा हुम्दे विमानस्थलसम्म हवाई मार्गबाट यात्रा गरी त्यसपछि पदयात्रा सुरु गरेको थियो ।

यात्राको क्रममा पदयात्रीहरूले मनाङमा २ रात स्थानीय संस्कृति र परिकारको रमाइलो गर्न बिताए । उनीहरूले ५ हजार ४ सय १६ मिटर अग्लो थोरङला पास सफलतापूर्वक पार गरेका थिए ।

प्रत्येक बर्ष अन्नपूर्ण पदयात्रामा जान चाहने शारीरिक अपाङ्गता भएकाहरुको सहभागिता र माग बढ्दै गएको छ। केही सहभागीहरूले अंगविच्छेदन र टाउकोमा चोटहरू सहित गम्भीर चोटहरू सामना गरिरहेका छन्। डिसेम्बरमा भएको विष्फोटबाट गम्भीर घाइते भएका एकजना जसको दाहिने हात र देब्रे खुट्टामा चोट लागेको थियो, उनीपनि पदयात्रामा छन् ।

उनको १३ घण्टा शल्यक्रिया गरिएको थियो। शल्यक्रियाको १० घण्टापछि चिकित्सकले उनको देब्रे खुट्टा काट्नुपर्ने बताएका थिए । तर उनको खुट्टा बचाउने प्रयासका लागि परिवारको जिद्दी पछि थप तीन घण्टाको शल्यक्रिया गरिएको थियो, जसका कारण खुट्टा काट्नुपरेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर