• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

वुमेन्स टी-२० वर्ल्डकप: हार खायाे भारतले, अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । अस्ट्रेलियाले भारतमाथि नौ रनको रोमाञ्चक जित रच्दै आईसीसी वुमेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप २०२४ को सेमिफाइलन यात्रा निश्चित गरेको छ ।

हारपछि भारतको भविष्य भने अर्को टिमको हातमा गएको छ । अस्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको यो लगातार नवौंपल्ट हो ।

सारजाहमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ५१ रन बनाएको थियो । त्यसमा ग्रिस ह्यारिसले ठोस ४० रन बनाइन् । जवाफमा भारतले नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । उसका लागि हरमनप्रितले नटआउट रहँदै ५४ रन बनाए पनि त्यो पर्याप्त रहेन ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया समूह ‘ए’ को शीर्षमा रहने निश्चित भएको छ । उसले लिग चरणका सबै चार खेल जितेका छन् । भारत अझै दोस्रो स्थानमा छ । अब अर्को खेलमा पाकिस्तानले न्युजिल्यान्डले हराउँछ र भारत ती दुवै टिमको रन रेटभन्दा माथि रहन्छ भने सेमिफाइनलको सम्भावना रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर