• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

डडेल्धुरामा बस दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो

धनगढी । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेकाे थियाे ।

याे सँगै मृतकको संख्या पाँच पुगेको हो। बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको  शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ । 

उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ। पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु , २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ। दुर्घटनामा अन्य ११ जना पनि घाइते छन्। 

बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर