• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

तीन दलका शीर्ष नेताबीच के भयाे छलफल, के भयाे निर्णय ?

काठमाडाैं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन प्रमुख तीन दलहरू सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथासक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको नेता शक्ति बस्नेतले जानकारी दिए।

बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत समेत बैठकमा सहभागी थिए ।

तीन दलका शीर्ष नेताबीच के भयाे छलफल, के भयाे निर्णय ? - Shakti Basnet

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर