• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

टी–२० आई सिरिजः अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपाल र अमेरिका बीचको तीन खेलको टी–ट्वेन्टी आई सिरिज आजदेखि सुरु भएको छ। ​

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेकाे छ। खेल बिहान पौने ६ बजे सुरु भएकाे हाे ।

ताजा अवस्थामा नेपालले १२ अाेभर खेल्दा ४ विकेट गुमाएर ९३ रन जाेडेकाे छ ।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। 

यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-टूका खेल हुनेछन्।

लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर