• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

भारतको बिहारमा मदिरा सेवनबाट २५ जनाको मृत्यु, धेरैले दृष्टि गुमाए

काठमाडौँ । भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २५ जनाको मृत्यु भएको छ । धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । उपचार गरिएका मध्य धेरैले दृष्टि गुमाएकाे भारतीय संचार माध्यमले जनाएका छन् ।

राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । 

अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बताउनु भयो । 

केही अनलाइन मिडिया रिपोर्टहरूले मृतकको सङ्ख्या ३६ पुगेको दाबी गरेका छन् । 

बिहारमा अप्रिल २०१६ देखि मदिराको विक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । तर अवैध रूपमा राज्यभर मदिरा विक्री हुने क्रम जारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर