• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

हनी ट्य्राप प्रकरण: फरार इन्स्पेक्टर शाही खाेज्दै प्रहरी

काठमाडौँ । ‘हनी ट्य्राप’ मा जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाहीको खोजी भइरहेको र चाँडै नै पक्राउ गर्ने ललितपुर प्रहरीले जनाएको छ ।

हनी ट्य्राप घटनामा बलात्कारको कसुर लगाई फसाउने भन्दै इन्स्पेक्टर शाहीले पीडितसँग ३० लाख रुपैयाँ लिएको आरोप लागेको छ । शाहीविरुद्ध जिल्ला अदालत ललितपुरबाट दसैंअघि नै पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीले यो प्रकरणमा संलग्न सहायक हबलदार र युवतीसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र सहायक हबलदार महेन्द्र हमाल रहेका छन् ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले फरार इन्स्पेक्टर शाहीलाई चाँडै पक्राउ गरी अनुसन्धान टुंग्याइने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर