• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई आज आफ्नै पार्टी कार्यालय धुम्बाराहीबाट पाक्राउ गरेर सडकको बाटो हुँदै पक्राउ पुर्जी जारी भएको जिल्ला कास्की पोखरा तर्फ लगेको छ । 

पक्राउ पर्नु ठिक अघि आफ्ना नेता कार्यकर्तालाई उनले प्रतिशोधका आधारमा पक्राउ गरेको टिप्पणी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो। 

रवि पक्राउ पर्दैगर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन्। 

पक्राउ पर्नुअघि रवि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पुगेर नियन्त्रणमा लिएको थियो। 

रविविरुद्ध गत वर्ष माघमै कृष्णप्रसाद जैशी लगायत सूर्यदर्शन सकहकारीका पीडितले पूरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि रविका व्यावसायिक साझेदार जीबी भन्ने गीतेन्द्रबाबु राईसहित विरुद्ध मुद्दा दायर भइसकेको छ। 


जीबी हाल फरार छन्। उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन। 

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिससमेत जारी भइसकेको छ। अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन्। उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो। 

उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

‘म सरकारको बाध्यता बुझ्छु। जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो, त्यो दिन जसरी पनि रविलाई जेल कोच्छौँ भनेर भन्नुभएको सूचना म सँग छ,’ उनले भनेका छन्। 

साथै, उनले राज्यको दादागिरीलाई डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर