• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

बाबुरामले पार्टी नाममा पुच्छर जाेडे 'नयाँ शक्ति'

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।

मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको छ। 

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको हाे । विधान प्रतिनिधिबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो ।

पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ ।

यस्तै बैठकले  आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ ।

यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् । 

सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर