• २०८१ कार्तिक ८ बिहीबार
  • Thursday, 24 October, 2024

प्रचण्डको जिल्ला चितवनका किन केन्द्रमा तानियो ?

काठमाडौं । ‘कमाण्ड कन्ट्रोल’ गर्न नसकेको आरोपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन् । 

गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइएको छ ।  

त्यस्तै प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई तानेर मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रलाई पठाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहनलगायत अवाञ्छित गतिविधि गर्दा सीडीओ र एसपीले कन्ट्रोल गर्न नसकेको आरोप छ । 

‘मुलुकको प्रधानमन्त्रीमाथि भद्दा मजाक हुँदा समेत सीडीओ र एसपीले नियन्त्रण गर्न नसकेपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिइएको हो’ गृह स्रोत भन्छ ।

सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले सरकारविरुद्ध जथाभावी आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ । 

रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाहसंस्कार गरेका थिए । उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै फिर्ता गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर