• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

अल्टिमेटम दिदा पनि विद्युतको महशुल नतिर्ने ४९ उद्योगको लाइन काटियो

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले पटक पटक अल्टिमेटम दिदा पनि डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ ।

लाइन नकाट्ने हाे भने मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर ल्याउन घिसिङले उर्जामन्त्रीमार्फत सन्देश पठाएका थिए । तर क्याविनेट बैठकले निर्णय गर्न नसकेपछि प्राधिकरणले एक्सन लिएकाे हाे ।

तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । 

यसअघि आज बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न सकेको थिएन ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको हुनाले महसुल बुझाउनुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री केपी अाेलीले संसदकाे बैठकमा लाइन काट्न नहुने तर्क गरेका थिए  । उता उर्जा मन्त्रीले व्यापारिक घरानाकाे लाइन काट्नु घाटी काट्नु सरह हुने चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर