बालुवाटारमा रास्वपा सांसदसहित कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदसहित कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
आज (मंगलबार) बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त क्षेत्रमा प्रदर्शन गर्न पुगेका रास्वपा सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का प्रहरीको नियन्त्रणमा रहेको रास्वपाले जनाएको छ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरूद्ध बालुवाटारमा सुरू भएको विरोध प्रदर्शन गर्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त आन्दोलन गर्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिकृया दिनुहोस