सूनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
साताको चौथो कारोबार दिन बुधबार पहेलो धातु सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । यस दिन सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४६ हजार ३५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय १७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
प्रतिकृया दिनुहोस