नेपाल र बंगलादेशबीचको साफ फाइनलः पहिलो हाफ बराबरीमा

काठमाडौं । नेपाल र बंगलादेशबीचको साफ महिला फुटबलको फाइनल पहिलो हाफमा बराबरी भएको छ । काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा साविक विजेता बंगलादेश उपाधि जोगाउने ध्यानमा छ भने नेपाल इतिहास लेख्ने लक्षमा छ ।
पहिलो हाफमा दुवै टिमले केही उत्कृष्ट आक्रमण गरेपनि गोल गर्न सकेका छैनन् । दुवै तर्फबाट प्रहार भएका एक एक बल बारमा लागेर फर्किएका छन् । नेपालले २ पटक गाेल प्रहार गरेकाे छ भने बंगलादेशले ६ पटक प्रहार गर्दा २ पटक अन टार्गेट हानेकाे छ ।
नेपाली खेलाडीकाे हाैसला बढाउन प्रधानमन्त्री केपी शर्मा अाेली पनि दशरथ रंगशाला पुगेका छन् ।
नेपाली टिममा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । बंगलादेशविरुद्ध को पहिलो रोजाइमा सरु, एन्जिलासहित पहिलो रोजाईमा पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, प्रिती राई, सविता राना मगर र अमिषा कार्की छन् ।
नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन।
त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो ।
साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।
प्रतिकृया दिनुहोस