• २०८१ पौष १९ शुक्रबार
  • Friday, 3 January, 2025

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न

भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरेको भूमि लोक उत्सव सफलता पूर्वक सम्पन्न भएको छ । 

शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथिहरू एवं हजारौं जनकपुरबासीहरूको सहभागिता रहेको थियो ।

मधेश प्रदेशबाट झण्डै लोप हुन लागेका लोक सङ्गीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो । यस विविधताले भरिपूर्ण कार्यक्रमले सबैखाले दर्शकहरुको मन जित्न सफल भएको थियो । 

भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो । व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत नेपाली कला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो । यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो जसले गर्दा महोत्सवले दर्शकसँग कसिलो साइनो गाँस्न मात्रै सफल भएन बरु उनीहरुले गहिरो अपनत्व पनि महसुस गरे ।

राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बु, फ्याटकाउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर