• २०८१ कार्तिक २२ बिहीबार
  • Thursday, 7 November, 2024

एमालेका उम्मेदवार तोक्न बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले उम्मेदवार चयन गर्नका लागि सचिवालय बैठक बोलाएको छ ।

एमालेका उम्मेदवार तोक्न बोलायो सचिवालय बैठक स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

कात्तिक २४ गते सचिवालय बैठक बोलाइएको छ । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।

मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । 

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर