अमेरिकी नयाँ राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प जित नजिक
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आइरहँदा स्विङ स्टेट जर्जिया रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा देखिएको छ ।
फक्स न्यूजले रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुने प्रक्षेपण गरेपछि ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकहरूको घुइँचो लागेको छ।
बीबीसीको अमेरिकी साझेदारसहित अन्य अमेरिकी टेलिभिजन च्यानलले त्यस्तो प्रक्षेपण गरेका छैनन्।
केही राज्यबाट मतपरिणाम आउन बाँकी नै छ। तर मतगणनाको रुझान विजयका लागि आवश्यक २७० 'इलेक्टोरल कलेज मत'को नजिकै पुग्ने प्रक्षेपणपछि ट्रम्पले समर्थकहरूलाई फ्लोरिडामा सम्बोधन गर्न लागेका छन्। ह्यारिसले आज सम्बोधन नगर्ने बताएकी छन्।
नोर्थ क्यारलाइना र जोर्जापछि अर्को महत्त्वपूर्ण 'स्विङ स्टेट' पेन्सिल्भेनिआमा पनि ट्रम्प विजयी हुने प्रक्षेपण गरिएको छ।
अहिलेसम्म ट्रम्पको पक्षमा २६५ इलेक्टोरल मत जाने देखिएको छ।
यसले ट्रम्पको अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने बाटो सहज बनाइ दिएको छ ।अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित उन्मुख भएका छन् ।
यसअघि नर्थ क्यारोलाइना पनि ट्रम्पको पोल्टामा परिसकेको छ । नर्थ क्यारोलाइनाका १६ र जर्जियाका १६ स्थानमा विजय हासिल गरेसँगै ट्रम्पलाई राष्ट्रपति बन्न सजिलो हुने देखिएको हो ।
अहिलेसम्म ट्रम्पका पक्षमा २४५ सिट देखिएको छ भने डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसका पक्षमा २१४ सिट देखिएको छ ।
अमेरिकाका ५० राज्य, राजधानी डिसी र मेन तथा ओमाहा (नेब्रास्का) का १-१ इलेक्टोलर सिट गरी ५३८ सदस्यीय इलेक्टोलर कलेजले राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नेछन् ।
५३८ सदस्यीय इलेक्टोलर कलेजमध्ये २७० सिटमा विजयी हुने पार्टीका उम्मेदवार अमेरिकाका ४७ औं राष्ट्रपति बन्ने छन् ।
त्यही मतका आधारमा उपराष्ट्रपतिको पनि चयन हुनेछ । एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।
फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिकृया दिनुहोस