• २०८१ कार्तिक २२ बिहीबार
  • Thursday, 7 November, 2024

नाम जलवायु सम्मेलन, काम सरकारी पैसामा विदेश घुमघाम !

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप) २९ मा विज्ञलाई छाडी वन तथा वातावरण मन्त्रालयले आफ्नै कर्मचारीको जम्बो टोलीलाई अजरबैजान उडाउन लागेको छ ।

जलवायुसम्बन्धी काम गर्ने विभिन्न अन्तराष्टिय संघ संस्थाको स्पोन्सर हुने उक्त भ्रमणमा मन्त्रालयले आफ्नै कर्मचारीलाई मात्र छानेको हो । 

त्यसमा लेखादेखि स्टोर शाखा सम्मका कर्मचारी रहेका छन् । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म  बाकुमा हुँदैछ ।

मन्त्रालय स्रोतका अनुसार सहसचिव सिन्धु ढुंगानासहितको एक टोली मंगलबार बाकु पुगिसकेको छ । बाँकी टोली केही दिनमा उड्ने तयारीमा छन् । 

मंगलबारसम्म २६ जना कर्मचारीको नाम रजिष्टेशन भएको छ । ती सबैलाई बाकु पठाउनका लागि सचिव दिपक खराल, सहसचिव बुद्धि पौडेलले विभिन्न विकास साझेदार संस्थाहरुलाई प्रायोजनका लागि दवाव दिएको स्रोतको दावी छ ।

यो पटक मन्त्रालयले यस क्षेत्रमा काम गर्ने समुदाय, नागरिक समाज, सीमान्तकृत वर्ग, मिडियालाई भने छुटाएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयका कर्मचारीको लामो सूची हुँदा समेत मौनता साँधेका छन् । 

मन्त्री ठकुरी र सचिव खरालको मिलेमतोमा ती नामहरु छनौट भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटबाट आएका केही नाम समेत त्यसमा परेका छन् ।

‘यति धेरै कर्मचारीलाई जलवायु सम्मेलनमा पठाउनुको कुनै अर्थ छैन । प्राय ती सबै घुम्न जान लागेका हुन् । यस्तो बदमासी हुँदा समेत सबै मौन छन्’, असन्तुष्ट एक कर्मचारीले भने । बाकुमा घुम्न मन्त्री शाहीका छोरा राजेन्द्र शाही, सचिवालयका कर्मचारी समेत जाँदैछन् । यो बाहेक राष्टपति रामचन्द्र पौडेल नेतृत्वको बेग्लै टोली समेत त्यसतर्फ जाँदैछ ।

वनका कर्मचारीहरु महेश्वर ढकाल, राजु सापकोटा, शिव खनाल, सुमन सुवेदी, नारायण पोखरेल, हिमाल शिवाकोटी, दिपा वली, मेघनाथ काफ्ले, राजेन्द्र ढुंगाना, केशवराज जोशीसहित २६ जनाको सूची बाकुको लागि बनेको हो । 

ती सबैलाई हवाइ टिकट र खाने बस्ने सुविधाका लागि प्रत्येक संस्थालाई दवाव रहेको स्रोतले भन्यो । सचिव खरालले मन्त्रालयले भनेका नाम बाहेक अरु कसैलाई पनि सहयोग नगर्न सबै संस्थाहरुलाई दवाव समेत दिएको पाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर