• २०८१ कार्तिक २२ बिहीबार
  • Thursday, 7 November, 2024

बार्सिलोनाको फराकिलो जित, आर्सनल र पिएसजी पराजित

काठमाडौं । युएइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस बार्सिलाेना र एथ्लेटिकाे मड्रिड विजयी हुँदा फ्रान्सेली  पेरिस सेन्ट जर्मन (पिएसजी) पराजित भएको छ। 

फ्रेन्च क्लब पिएसजी घरेलु मैदनमै स्पेनिस क्लब एथ्लेटिकको मड्रिडसँग २–१ गोलले पराजित गरेको हो। एथ्लेटिकको जितमा नहुएल मोलिना र एन्जिल कोरियाले गोल गरे। यता पिएसजीका लागि वारेन एमरीले गरेको गोल सान्त्वना बन्यो। 

जीतसँगै चार खेलबाट ६ अंक रहेको मड्रिड २३औँ स्थानमा छ। पराजित पिएसजी भने समान खेलबाट चार अंकसहित २५औँ स्थानमा छ।

अर्काे खेलमा बार्सिलाेनाले एफ के केभेना भेज्दालाइ ५–२ गाेलले हराएकाे छ । मार्टिनेजले १३औँ मिनेटमा गाेल गरेर अग्रता लिएकाे बार्साका लागि ४३ र ५३ मिनेटमा लेवान्डाेस्की तथा ५६ मिनेटमा राफिना र ७६ मिनेटमा लाेपेजले गाेल गरे । उता केभेनाले २७ र ८४ मिनेटमा सान्त्वना गाेल गरेकाे थियाे ।

एक हार र तीन जितसहित बार्सा छैटाैं स्थानमा छ ।

अर्काे खेलमा इटालियन सिरी ए क्लब इन्टर मिलानसँग पाहुना टोली आर्सनल १–० गोलले पराजित गरेको छ। 

मिलानको जीतमा हाकान काल्हानोग्लुले गोल गरे। उनले पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्। उक्त गोल नै मिलानको जीतमा निर्णायक बन्यो। 

जीतसँगै चार खेलबाट १० अंक जोडेको मिलान पाँचौँ स्थानमा छ। पराजित आर्सनल भने समान खेलबाट सात अंकसहित सातौँ स्थानमा छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर