• २०८१ कार्तिक २३ शुक्रबार
  • Friday, 8 November, 2024

माओवादी केन्द्रीय समिति तत्काल नबस्ने, शुक्रबार सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ ।

सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितिको बैठक गरेको माओवादीको दसैँ तिहार लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो ।

तर, उपनिर्वाचनको मिति नजिकिएकाले पार्टी ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । 

माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ । यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बचन भएका छन् ।

उपमहासचिव जनार्दन शर्माले ‘प्रचण्ड’ ले नेतृत्व छाड्नु पर्नेसहितको प्रस्ताव अघि सारेपछि उत्पन्न तरंग केन्द्रीय कमिटीबाटै हल गर्ने सहमति बनेको छ । 

शर्माले उठाएका सबै विषय आफ्नो दस्तावेजमा राख्ने प्रचण्डले आश्वासन दिएपछि माओवादीभित्र देखिएको विवाद तत्काललाई टरेको छ ।

केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले प्रचण्डले छलफलका लागि सचिवालय बैठक डाकेका छन्। 

सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बस्ने गरी बोलाएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर